Sunday, April 11, 2010

दोलखाको मच्छिन्द्रनाथ रथ जात्रा सम्पन्न

यस बर्ष पनि एतिहासिक नगर दोलखा बजारमा परम्परा देखी चलिआएको रातो मच्छिन्द्रनाथ रथ जात्रा सम्पन्न भएको चैत्र पुर्णिमा (१७ गते ) बाट आरम्भ भइ दोलखा नगर को सबै टोल परिक्रमा गरी ९ दिन मा सम्पन्न हुने गर्दछ । अहिलेसम्म भेटिएको ऐतिहासिक प्रमाण अनुरुप वि. स. १६३८ (ने. स. ७०१) चैत्र कृष्ण पक्ष परेवाका दिनमा ओमवहालका भिक्षुहरुले चढाएको सुर्वण प्रभा र छत्र देखिन आए पनि स्थानिय अग्रजहरु दोलखाको मच्छिन्द्रनाथ रथ जात्रा वि. स. १५०० अघी चलिआएको दाबी गर्दछन । मच्छिन्द्रनाथ रथ जात्रा चलाउन आय स्रोत भएका गुठीका जग्गाहरुबाट जग्गा कमाउनेहरुले आम्दानी नल्याइ दिये पछी यस् जात्रा २०४८ साल तिर रोकेका थिए । पछी यस् जात्रा रथमा बोकी मनाउदै आए पनि २०५५ साल देखी कालिन्चोक युवा क्लब र स्थानिय समाजसेवी हरु को पहलमा हाल सम्म सन्चालन भइरहेको छ । आज सम्म यस् जात्रा चलाउन सरकारी निकायको ध्यान गएको देखिदैन ।
दोलखाको रातो मच्छिन्द्रनाथ

दोलखाको मच्छिन्द्रनाथ रथ जात्रा

यस् जात्रामा शखरबाट बनाइएको तिल्हरी पनि बेच्ने चलन छ ।

सम्बन्धित पोस्ट:

No comments:

Post a Comment