Friday, March 19, 2010

मेरो दोलखा: आफ्नै कथा, आफ्नै व्यथा !

दोलखा जिल्लाको प्रसिद्धसाथै मन्दिरै मन्दिरले भरिएको शहर दोलखामा कुनै जमानामा निक्कै चहलपहल हुन्थ्यो रे भनी यहाँका बुढापाकाहरुले अझै भन्छन । दोलखा बजारलाई अभयपुर शहरको नामले पनि चिनिने गर्थ्यो । जिल्लाकै ब्यापारिक केन्द्रको रुपमा स्थापित थिए । जिल्लाको बिभिन्न ठाउँबाट ब्यापार गर्न मान्छेहरु आउथेरे । यस शहरमा मानिसहरुको भिड साथ साथै ठुला ठुला पसलहरु पनि थिए रे । मेरी आमाले भन्नु हुन्थ्यो यहाँ पसलहरु र मानिसहरुको लाम लस्कर नै थिए । कुनैबेला यहाँ निक्कै चहलपहल नै हुनेगर्थे ब्यापारिक केन्द्रको रुपमा मात्र नभइ आफ्नै कला, भाषा , संस्कृति र धार्मिक स्थलहरुले गर्दा पनि । बिभिन्न मन्दिर र पुराना घरहरुका झ्याल-ढोकाहरुमा कुदिएका चित्रहरु, भिमेश्वर मन्दिर वरिपरी रहेका ढुङ्गामा कुदिएर भनाएका मुर्ती र स्तम्भहरु अझै छन। प्राय जसो मुर्तीहरु हराइसके पनि मन्दिरहरु अझै धेरै नै छ । कुनै जमानामा यती धेरै प्रख्यात र चहल पहल भएको शहर दोलखाको आफ्नै कथा र व्यथा छ ।
उहिलेजमनामा यो शहरलाई जिल्लाको सदरमुकाम पनि बनाउन खोजेका थिए रे उहिलेको सरकारले । तर यहाँको बुढापाकाहरुले हाम्रो यस् ठाउँमा सदरमुकाम राख्यो भनेत हाम्रा चेलीबेटीहरु बिगारछन सरकारी कर्मचारीहरुले भनी यस् शहर नजिकै अली पर स्याल कराउने ठाउँमा सदरमुकाम राख्न लगायोरे । जुन चाँही अहिले चरिकोट बजारले प्रसिद्ध र बिकसित पनि भइसकेको छ यो शहर भन्दा पनि । यहाँका बासिन्दाहरुले चाडबाड पनि धेरै मनाउछन र जात्रा पनि धेरै नै लाग्ने गर्छन् । एक बर्षमा ४०० भन्दा बदी पर्बहरु मनाइन्छ । ति मध्य प्रसिद्ध पर्बहरुमा मच्चिन्द्रनाथको रथ तान्ने जात्रा, गाईजात्रा, लाखेजात्रा, भैरब कुमारीको जात्रा, दसैंमालाग्ने हिपा थामी र खडग जात्राहरु पर्दछन । यहाँको जात्राहेर्न जिल्लाको बिभिन्न ठाउँहरु बाट मात्र नभै छिमेकी जिल्लाहरु बाट पनि मानिसहरु आउने गर्थे । मैले देखुन्जेल पनि केही बर्ष पहिले सम्म मान्छेको भिडले भुइमाखुट्टा राख्ने ठाउँ सम्म पनि हुँदैन थियो जात्राको बेलामा त । भाषाको हिसाबले पनि दोलखा महत्त्वपूर्ण छ। दोलखा भाषा मौलिक नेवार भाषा हुनुको साथै अरु नेवारी भाषा भन्दा पनि शुद्ध भएको बुढापाकाहरुले भन्ने गर्दछन ।
तर आज स्थिती ठीक उल्टो भएको छ, नत यहाँ आजकाल ब्यापारिक हिसाबले कुनै चहल पहल हुन्छ नत पर्बहरुको बेलामा पहिलेको जस्तो मान्छे हरु नै देख्न पाईन्छ । यहाँका स्थानिय युवाहरु पनि माध्यमिक तहको पढाई सकिना साथ रोजगारको लागि अथवा उच्छ शिक्षा अध्ययनको लागि काठमाडौं शहर र अन्यत्र ठाउँहरुमा बिस्थापित भइ पलाएन भई दिदा भने यहाँ बुढापाका , महिला र बच्चाहरु बाहेक अरुलाई भेट्न वा देख्न चाँही मुस्किल नै पर्छ । र दोलखा-सिङटीको बाटो खुले देखी यहाँ भएका सानातिना ब्यापारहरु पनि खस्किदै गयो । र २०५४ साल पछी भिमेश्वर नगरपालिकाको वडा न २, ३, र ४ मा मात्र सिमित हुन पुगेका दोलखा बजारमा रहेको घरेलु तथा साना उद्योग कार्यालय पनि द्वन्दको मारमा परी ध्वस्त भए पछी चरिकोटमा सारे देखी भने यस् ठाउमा त्यती चहलपहल पनि हुन छाडे। आजकाल त यहाँ लागेका जात्राहरु हेर्न आउने मान्छेहरु पनि हराउन थाले । हुँदा हुँदा त यहाँको जात्राहरु चलाऊन आम्दानी भएका गुठीका जग्गाहरुबाट भएको आम्दानी पनि कमाउनेले नै भोग गरिदिये पछी चाँही जात्रा चलाऊन पनि चन्दा उठाउनु परिरहेको छ । यहाँ बिभिन्न संघ संस्थाहरु पनि नभएका होइनन यहाँको कला, भाषा , संस्कृति र धार्मिक स्थलहरुको सरक्षणको लागि । ति मध्य केही निस्कृय भइसकेका छन भने केही कालिन्च्वोक युबा क्लब, तिलिन्चो परिवार, दोलखा समाज, द्वाखा गुठी आदी चाँही अझै नै सकृय रुपमा लागेका छन । यती हुँदा हुँदै पनि दोलखा मन्दिर नै मन्दिर ले भरिएको शहर भएकोले गर्दा देशका बिभिन्न स्थानबाट भिमेश्वर मन्दिर र अन्य मन्दिरहरु मा दर्शन गर्न आउने दर्शनार्थीहरुले गर्दा अझै चहलपहल हुने नै गर्दछ । अझ शनिबार र मंगलबारमा चाँही झन बिशेष चहल पहल नै हुने गर्दछ ।

दोलखाको बुद्ध स्तुपा

पाखलती बजार

भिमेश्वर भगवानको मुर्ती

भिमेश्वर मन्दिर

त्रिपुरासुन्दरी मन्दिर

दसैंमा लाग्ने फूलपाती जात्रा

दसैंमा लाग्ने हिपाथामी जात्रा

दसैंमा लाग्ने खडग जात्रा

दोलखाको मच्छिन्द्रनाथको जात्रा

लाखे जात्रा

जनैपुर्णिमाको दिनमा लाग्ने ठुलो लाखेको जात्रा

गाइजात्रा

गाइजात्राको भोली पल्ट देखी ५ दिन लाग्ने कुमारी जात्रा

1 comment: