Monday, August 3, 2009

कालिन्चोकको कुरी

कुरी

कालिन्चोक मन्दिर जाने ठाडो उकालो कुरीबाट


कालिन्चोक मन्दिर रहेको डाँडाको फेदैमा रहेको कुरी ठाउँ प्राकृतिक सौन्द्रयले भरिभराउ भएको ठाउँ हो । झन चैत्र - बैशाख महिना तिर यस् ठाउँमा चिमाल फूल फुल्दा त यस्को सुन्दरता नै अर्कै हुन्छ । यस् ठाउँमा दुई साना खोलाहरु बग्नु को साथै यस् ठाउँको बिच तिर जोगी को कुटी पनि छ । र त्यस कुटीमा सधैं भरी ( बर्षको बार्है महिना ) एक जोगी बाबा ध्यान मग्न भइरहन्छ । जाडो महिनामा प्रायजसो हिउ पर्ने हुँदा मानिसहरुको बसोबास त्यहा छ / सात महिना मात्र हुने गर्दछ । यस् ठाउँ समुन्द्र सतह देखी कारीब ३४०० मि को उचाइमा रहेको छ । र त्यहा केही साना तिना होटेल र पसलहरु पनि छन जस्ले गर्दा कालिन्चोक मन्दिर जानेहरुलाई केही भए पनि सजिलो भएको छ । त्यहा मिठो छुर्पी पनि खान पाईन्छ है । दोलखाबजारबाट करीब सात / आठ घण्टाको ठाडो उकालोको पैदल यात्रागरे पछी यस् ठाउँमा पुग्न सकिन्छ । करीब ३७०० मि को उचाइमा रहेको कालिन्चोक मन्दिर दर्शन गर्न जाने भक्तजनहरु यस ठाउँमा बास बस्ने गर्दछन र भोली पल्ट बिहानै उठी कालिन्चोक भगवती को दर्शन गर्न जान्छन । कालिन्चोक भगवती मन्दिर को डाँडा पुग्न यस् ठाउँबाट करिब २/३ घण्टाको ठाडो उकालो चर्नु पर्छ । र यस् ठाउँमा पुग्ने जो कोही पनि आनन्दित हुनेगर्दछन ।

3 comments:

  1. फोटो ले नै यति आनन्दित बनाउँछ भने, त्यहिँ नै पुग्दा त कति रमाइलो होला । धेरै पटक दोलखा जानुपर्ने त भनिसकियो, त्यही नै गइएको छैन । तर पनि एकपटक दोलखा घुम्नै पर्ने रहेछ भन्ने लागिरहेको छ । कुनै दिन म जानेछु !

    ReplyDelete
  2. Awesome! Thanks for sharing the picture and info. btw, I agree with Aakar's view.

    ReplyDelete
  3. Thank you Aakar jee and Deependra jee,

    you are most welcome to Dolakha, I hope that you will enjoy a lot!

    ReplyDelete