Monday, July 27, 2009

दोलखाको पशुपति महादेव मन्दिर

दोलखा बजारस्थित पशुपति महादेव मन्दिरको जीर्णोद्धार गर्नुपर्ने अवस्थामा हुँदापनी, यस्मा कसैको ध्यान गएको देखिदैन । तर दोलखा कै स्थानिय केही समुहहरु मिलेर पशुपति महादेव मन्दिरको जीर्णोद्धार गर्न सहयोग सकलन गर्ने उद्दश्यले काठमाडौंमा जुलाई १८ मा "दोलखा सांस्कृतिक साँझ" गरिएको थियो । दोलखा म्यास मुचा खलक, दोलखा चेली बचत तथा ऋण सहकारी संस्था एवं नेप्लिज फेसन होमले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न गायक-गायिकाले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गरेका थिए । दोलखाकै युवा गायक दीपक स्वप्निलको गायनबाट प्रारम्भ भएको उक्त कार्यक्रममा गायिका रेश्मा सुनुवारले 'मै ठूली भइछु रे' गीत गाउँदा प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भेला भएका दर्शक नाच्न थालेका थिए । कार्यक्रममा बालगायक कुणाल श्रेष्ठ लगायत अशोक राई, धीरज राई, विजय लामा, निर्णय श्रेष्ठ, उदय सोताङ, गायिका मनिला सोताङ, प्राश्ना शाक्य आदिले करिब तीन घण्टासम्म विभिन्न गीत गाएर दर्शकलाई मनोराजन प्रदान गरेका थिए। हास्यकलाकारद्वय जितु नेपाल तथा नारद खतिवडाको समसामयिक प्रहसनले दर्शकहरुलाई हँसाएको थियो। कार्यक्रममाविभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो । यस कार्यक्रमबाट प्राप्त हुने सहयोगले चाँही यो पशुपति मन्दिरको जीर्णोद्धार पक्कै हुन्छ होला भन्ने विश्वाश गर्दछु ।

दोलखा बजारस्थित पशुपति महादेव मन्दिर

महादेवको मुर्ती

मन्दिर अघाडी रहेको ढुङ्गालाई कुदिएर बनाएको साँढे

2 comments: