Thursday, March 1, 2012

गौरीशंकर हिमालको काखमा

गौरीशंकर हिमालको काखमा दोलखा बजार हासी रहेछ,
चम्पुजाको डाडामा बसी तल हेरी तामाकोशी माथि हेरी कालिन्चोक,
तिमीले गरेका बाचा र बन्धनहरु अझै मन मै रहिरहेछ ,
तर तिमी भने निस्ठुरी भइ कता हराएछौ पत्तै भएन ।

भिमेश्वर मन्दिर दर्शन गर्न जादा भेट भएको हाम्रो ,
एकैछिनको चिनजान मै जुनी जुनी सम्मको माया बसेको थियो हाम्रो ,
कालड वनमा लाली गुरास टिप्दै तिमीले गाएका गीतहरु अझै कानमा गुन्जी रहेछ ,
तर तिमी भने एक्लो बनाइ कता गएछौ थाहै भएन ।

गौरीशंकर हासी रहेछ तिम्रो माया देखेर,
तामाकोशी बगिरहेछ सलल तिम्रो वाचा र बन्धनहरु लिएर,
अन्जान भइ तिमीले दिएको घाउहरु अझै हृदय मै बल्जिरहेछ,
तर तिमी भने मेरो माया लिइ विलिन भएछौ पत्तै भएन ।

ब्लग लेखने क्रममा केही कुरा लेख्ने सोच्दा सोच्दै लेखिएको त गजल पो लेखिएछ । सायद यो पहिलो गजल लेख भएको हुँदा त्यती नराम्रो भएपनी पडी दिदा खेरी चाँही राम्रो मानेर पडी दिनु होला ।

First post on 2009-07-04

Re-post on 2012-03-01

4 comments:

  1. खै, गजल नै हो कि हैन, त्यो चाँहि थाहा भएन तर भाव चाँहि मिठो छ है ।

    ReplyDelete
  2. सुन्दर भाव! गजलभन्दा कवितानै भन्दा ठिक हुन्छ होला।

    ReplyDelete
  3. बसन्तजी र आकारजी लाई धन्यवाद, हो यसलाई कबिता नै भन्नु पर्ला

    ReplyDelete