Tuesday, June 2, 2009

स्याउदाइ: मे पति

"स्याउदाइ" नामक द्वाल्खा नेपालभाषाको गितहरुको पहिलो सि. डी. द्वाल्खा नेपालभाषा खलकबाट प्रकाशित गरिएको छ । यस सि. डि. मा 'थिपुल माँय ख्वाल, भीमसीन देउय, राइतीय लोखु, द्वाल्खा उइहङ, द्वाल्खाय भीमेश्वर, थिपुल माँय ख्वाल, गुल्प गुल्प, टावङ सोन होर, कालिन्चोकय, लोखु साकु, गुनानु मसिउ र जन मन्परइजु' बोलका जम्मा १२ वटा गीतहरुको साथै एक म्युजिक ट्रयाक रहेको छ । चर्चित गायकहरु मदनकृष्ण श्रेष्ठ, स्वरुपराज आचार्य र गायिका नलिना चित्रकारका साथै दोलखाको स्थानिय गायक दीपक श्रेष्ठ, रोमियो प्रधान, रोशन चकुबजी, प्रयत्न श्रेष्ठ र गायिका सरस्वती मानन्धर, बिनु मानन्धर ले पनि आफ्नो स्वर दिएकाछन । र गायिका रत्नशोभा महर्जन र आभा आचार्य ले पनि आफ्ना स्वर दिएकीछिन । यसमा धेरै जसो गीत हरु त्रिलोचन प्रधानले लेख्नुको साथै मदनकृष्ण श्रेष्ठ, सुरेश चन्द्र प्रधान, बलराम श्रेष्ठ, दीपक श्रेष्ठ, जयराम श्रेष्ठ र आर. के. निर्मल ले पनि केही गीत हरु लेखेका छन । त्रिलोचन प्रधानले यस सि. डि. को सयोजन गरिएको छ । यस सि. डि. मा रहेका सबै गीतका शब्दहरु दोलखा सम्बन्धी नै समेटेर रचिनुका साथै गीतहरु एकदमै राम्रोसँग गायिएका छन

2 comments:

  1. सुन्न पाए पनि हुन्थ्यो दाइ !! यसो अपलोड गर्न मिल्दैन गीतहरू ?

    ReplyDelete
  2. प्रबेसजी,
    गीत चाडै अपलोड गर्नेछु ।

    ReplyDelete