Friday, May 22, 2009

दोलखा मच्छिन्द्रनाथ जात्राको इतिहास

दोलखामा मनाइने विभिन्न जात्राहरु मध्य ९ दिन सम्म परम्परागत रुपमा मनाउदै आइरहेको मच्छिन्द्रनाथ जात्रा पनि प्रमुख जात्रा हो । माच्छिन्द्र नाथ रथ जात्रा दोलखामा कसरी सुरुवात भयो त यस्को सुरुवात गर्ने व्यक्ति को हुन् ? यो इतिहासको गर्व भीत्र नै छ । हालसम्म इतिहास खोजविन कर्ताहरुले पत्ता लगाउन सकेका छैनन् । खोजी निति गर्ने क्रममा अहिलेसम्म भेटिएको ऐतिहासिक प्रमाण अनुरुप वि. स. १६३८ (ने. स. ७०१) चैत्र कृष्ण पक्ष परेवाका दिनमा ओमवहालका भीक्ष्ाहरुले चढाएको सुर्वण प्रभा र छत्र देखिन आएको छ । तसर्थ यी प्रमाणहरुले पनि हामीलाई के देखाउछ भने वि. स. १६३८ पुर्व धरै वर्ष जात्रा सँग थामी जातीहरुको सम्बन्ध भएकोले के देखिन्छ भने किराँतको एक हाँगा थामीको सम्वन्धबाट दोलखामा बौद्ध धर्मको प्रचार सँगसंगै किराँतकालताका देखिनै त भएको हैन ?
आफ्नै पनको गाथा बोकेको यस जात्रा वास्तबमा कुन देवता हो त भन्ने क्रममा दोलखाली हिन्दुहरुले गोरखानाथको गुरु, लोकनाथ, करुणामय, आदीनाथ, लोकेश्वरको रुपमा मान्दै आएको भन्दछन् भने बौद्ध धर्मलाम्वीहरु वोधी सत्व, अवलोकितेश्वरको रुपमा मान्नेगरेको हो भन्दछन् । धार्मीक सहिष्णुता रहेको नेपाल परापुर्वकाल देखिनै सहिष्णुता रहेको यसले प्रमाणित गर्दछ ।
हिन्दु धर्म अनुसार पौराणीक काल सत्ययूगमा भगवान् महादेवले पार्वतीलाई योग सिकाउने विचारले कसरी पृथ्वीमा वस्ने मानिसहरु चिरन्जीवी हुन सक्दछन् भन्ने वारे बुझाउन समुन्द्रको किनारमा योग सिकाई रहदा पार्वती पुग्छीन् र समुन्द्र भीत्र रहेको माछाको गर्व भित्र रहेका माछाको भुराले यो कुरा सुने पछी मैले सुने भन्ने आवाज बाट जोसँग भएका महादेवले पछी माछाका भुरालाई मानिस जस्तै हुन सकेस भन्ने बरदान दिई कैलाश जानु भएछ । यसरी मत्स्य गर्वबाट आफ्नो प्रतिष्ठा फैलाउन सक्ने मछिन्द्रनाथ योग विधाको निम्ती प्रमुख गुरु मानियो र उनैको सहयोगको खातिर महादेव आफु गोरखनाथको अवतार लिएर मच्छिन्द्र नाथलाई सहयोग पुर्याएको धार्मिक कथन छ ।
पछी लिच्छवी राज्य गुणकामनादेवको पालामा गुरु गोरखनाथ रिसाएर सम्पूर्ण नागको आशन वनाएर वस्नु भए पछी नेपालमा ठूलो हाहाकार मच्चियो । आकाशबाट एक थोपा पानी परेन ठूलो अनिकाल लाग्यो । तान्त्रीक विधीबाट हेर्दा गोरखनाथका गुरु मच्छिन्द्र नाथलाई नेपाल ल्याउन सकिएमा त्यो बाधा हट्छ भन्ने कुरा थाहा पाए पछि राजा तान्त्रीक एकजना किसान ज्यापु समेत गएर मच्छिन्द्र नाथलाई रिझाएर नेपाल ल्याए । आफ्नो गुरुको नेपाल आगमनको कुरा सुनेपछि गोरखानाथले दर्शन गर्न उठे पछि सम्पूर्ण नागहरु मुक्त भएर नेपालमा पानी पर्‍यो अब अनिकाल रहेन । तसर्थ त्यही सम्झना स्वरुप नेपाल भित्रिएको रुपमा रथमा राखेर बाजा गाजा सहित रथ तानिएको हो भन्ने प्रचलन प्रचलित छ । दोलखामा पनि सोही रुपमा अन्नदाताको रुपमा मान्ने प्रचलन प्रचलित छ ।

1 comment:

  1. i have visited dolakha 4 5 times n what i realise is that dolakha is full n rich of nature, temple, culture,envirionment etc

    ReplyDelete