Wednesday, May 13, 2009

एतिहासिक नगर दोलखामा रातो मच्छिन्द्रनाथको रथ जात्रा

एतिहासिक नगर दोलखा बजारमा प्रत्यक बर्ष चलिआएको रातो मच्छेन्द्रनाथको रथ जात्रा यस बर्षको जात्रा पनि बैशाख ६ गते सम्पन्न भएको छ । यो रथ जात्रा दोलखा बजारको सबै टोलहरुमा रथ तानी जात्रा गरिन्छ । यो जात्रा नौ दिन सम्म संचालन हुने गरेकोमा यस् बर्ष रथको पाङ्ग्रा बिग्रेर दुइदिन सम्म रथ जात्रा हुन नसकेपछि यो जात्रा एघारौं दिनमा सम्पन्न भएको थियो । चैत्र २७ पूर्णिमाको दिन रातो मच्छिन्द्रनाथलाई गुरुजुंले पानी र दुधले महास्नान गरी पुजा गरेर जात्रा आरम्भ गरेको थियो । त्यसको भोलीपल्ट रथलाई डोकलुंगाटोलबाट पिङल टोल सम्म रथ तानेर जात्रा गरिन्छ । त्यसपछि क्रमैसंग पिङल टोलवाट नकछेँ टोल नकछेँ टोलवाट कोर्छेटोलः कोर्छेटोलवाट टसिचाटोल टसिचाटोलवाट माथिल्लो बुद्धस्तुपा बुद्ध स्तुपाबाट दुंगलटोल हुंदै दुंगलटोलबाट पिङल टोलमा रथ पुर् याएर जात्रा सम्पन्न गरिन्छ । जात्राको अन्तिम दिन रातो मच्छिन्द्रनाथलाई रथबाट निकाली विधिपूर्वक पुजा गरेर देवताको मूर्तिलाई बोकी दोलखा बजारको मूल बाटो परिक्रमा गराई देवलमा राखिन्छ । परापुर्व कालंदेखि अहिले सम्म संचालन भइरहेको रातो मच्छिन्द्रनाथको रथजात्रा २०३९ सालं देखि गुठीबाट आउनु पर्ने जिन्सी नगद र जनश्रम नआएपछि १६ बर्ष सम्म रथ जात्रा रोकियो । तर रातो मच्छिन्द्रनाथलाई खटमा राखेर भएपनी जात्रा चलाएको थियो । पछि स्थानिय समुदायको सहयोगमा र स्थानय कालिन्चोक युवा क्लवको पहलमा पुन २०५५ साल देखि रथ बनाई रथ जात्रा गर्ने परम्परा कायम गरेको छ । जुन अहिले सम्म चलिरहेको छ

4 comments:

  1. Doklha is one of the nice place of Nepal. I like very much and i love my dolkha

    ReplyDelete
  2. Bhimsenthan god is one of the famous religious place of Dolkha.

    ReplyDelete
  3. Thanks Sanjali jee,
    Dolakha is nice and beautiful place..

    ReplyDelete