Monday, January 26, 2009

दोलखाको बौद्ध चैत्य

उत्तरी हिमाली जिल्ला दोलखामा अबस्थित आफ्नै गौरबमय इतिहास बोकी सौन्दर्यताको प्रतिक धार्मिक पृष्‍ठभुमीमा महत्व रहेको दोलखा नेपालको अन्य स्थानहरुमा जस्तै धार्मिक सहिष्नुता रहेको छ। र पौरानीक आहार दोलखा हाल भिमेश्वर नगर पालिकाको वडा न २, ३, ४ मा मात्र सिमित हुन पुग्यो । जबकी यसै स्थानको नामबाट जिल्लाकै नामाकरन गरिएको थियो। प्रचिन्काल, मध्यकाल सम्म आफ्नो नाम सर्वोच्च स्थानमा राख्न सफल रहेको स्थान आधुनिक कालमा आएर यस् स्थान ओझेलमा पर्न गयो। र दोलखामा बौद्ध धर्मालम्बीहरुको क्षेत्र नागहरुको पानी निकालेर मन्जु पाटन शहर बसल्ने मन्जुश्री बुद्ध, शिखी, कुर्कचन्द बुद्ध दोलखाको लप्ची भन्ज्याङकै बाटो गरी उपत्यका पसेका थिए भन्ने प्रमाण ईतिहास प्रमाणको स्वरुप दोलखामा बास बसेको हुनाले यस् स्थानमा मन्जुश्रीको चैत्य हुनु हो , दश बुद्ध मध्य एक बुद्ध जन्मेको स्थान लप्ची हुनु र भ्रिकुटीको तिब्बात प्रबेश यसै स्थान हुनुबाट पनि यस् जिल्ला बुद्ध क्षेत्रको रुपमा परिचित हुन पाएको हो , र दोलखा शहर मा रहेको बौद्ध चैत्यहरु र तिन्को अवस्था हेर्ने हो भने पुरातत्विक रुपमा त धेरै नष्ट भइसकेको छ भने केही मर्मत सुधारले गर्दा पौरानीकत्व नष्ट भएर आधुनिक पो हो कि ? जस्तो देखिन थालेको छ , त्यसैले अबशेषको रुपमा रहेको पुन:निर्माण पछी पुरातात्विक नझल्कने बुद्ध बिहार चैत्यहरु दोलखामा निम्न रहेको छन

सेङ्चा बौद्ध चैत्य : दोलखा नजिकै फुलणमा बौद्ध चैत्य रहेको छ । कुनै इतिहास प्रमाण फेला पर्न त नसकिए पनि यस चैत्यलाई दोलखाको सबैभन्दा पुरानो चैत्य मानिन्छ । चैत्यको भग्नावशेषको रुपमा रहँदा त्याहा देखिएका दुभाहरू असल खालको देखिएको थियो । पछि तत्कालीन गाबिस को वजेटले पुनः निर्माण गरे पछि यस्तो हुनु पर्ने कला कृति नष्ट भै आधुनिक सिमेन्टको नव निर्मित जस्तै भाव विहीन देखिन आएको छ ।


दुङलटोलको बौद्ध चैत्य : कुनै शिलापत्र नभएको यो बौद्ध चैत्य राम्रो चक्रावती रहेको भग्नावशेषको रुपमा रहेको थियो । चक्रावतीको कला हेर्दा यो चैत्यले पुरातात्विक हिसाबले पहिला अत्यन्त आर्कषक थियो होला । हाल केही वर्ष यता काठमाण्डौं बासी शाक्य बन्धुहरुको आर्थिक साहयताबाट पुनः निर्माण भए पछि यस्को पनि पुरातात्विक समृद्धी नष्ट भएको छ । रातो तेलिया इँटले रातो देखिने चैत्य सिमेन्ट र बनाउने ढुभ्ा नपुगेर आधुनिकता देखिएको छ । स्मरण रहोस् दोलखाको सम्पूर्ण चैत्यहरु रातो रभ्को हुने गरेको थियो ।

कोर्छेको बौद्ध चैत्य ठूलो : यो चैत्य बास्तु र मुर्तीकलामा विशिष्ठ देखिन्छ । पुरातात्विक विभागले पुनः निर्माण गर्नु भन्दा अगाडी नै यहुको चक्रावली विग्रीसकेर अवशेषको रुपमा केही मात्र बुकी थियो । पछि पुरातात्विक विभागले पुनः निर्माण गरेपछि केही नमिल्दो आकारको रुपमा देखिन आएको छ । पछि चक्रावली हाल्न आश्वासन दिएर गएको पुरातत्व विभाग १५ आंै वर्ष गैसक्दा पनि फर्केर आएको छैन हाल गुम्वामात्र छ चक्रावली छैन । कोर्छेको बौद्ध चैत्य सानो पूर्ण भग्नावशेषको रुपमा केही ढिस्कोको रुपमा मात्र रहेको यो चैत्य दोलखा स्थित तिलिंचो परिवारको सकृयतामा नगर पलिकाको अनुदानबाट पुनः निर्माण गरिदाखेरी अत्यन्त कलात्मक धातुको मुर्तीहरु लगायत माटाको बौद्ध चैत्य आकारको चैत्य भेटिएको थियो । हाल संरक्षणको निम्ती भीमेश्वर भण्डारमा राखिएको छ । उक्त पुनः निर्माण आधुनिक ढंभ्बाट नै भयो । हाल चारै दिशामा मुर्ती विहीन छ ।

नकछें सेङटोल चैत्य : यो धर्मधातु चैत्य काठमाण्डांैको स्वंयभूुको शैलीमा निर्माण भएको थियो । त्यसैले उक्त टोलको नाम नै सिम्भूटोल राखिएको छ जसलाई स्थानिय भाषामा सेरुटोल भनिन्छ । यो स्तुप आधा ढुभ्ा र आधा तलिया इँटले बनेको थियो । चक्रावती छत्र भने झिर्ण भै बिगि्रसकेको थियो । पछि स्थानिय संस्था कालिन्चोक युवाक्लवको सकृयतामा पुनः निर्माण गरिएको छ । चक्रावली भने हाल्न नसकेर इँटको बनाएको छ । उक्त निमार्ण सहयोग सामाजिक सेवा राष्टिूय समन्वय समितीको अनुदानबाट भएको थियो र निर्माण पनि गरीएको छ ।

मन्जुश्रीः यो चैत्यको रुपमा नरहेर मन्दिरको रुपमा छ । जसलाई स्थानिय वासिन्दाले सरस्वतीको रुपमा मान्ने गर्दछन् । यसै ठाउँमा मन्जुश्री आएर बसेको किम्वदन्ती छ ।

धर्मधातु चैत्य डोकछें : चैत्यहरु मध्ये ऐतिहासिक प्रमाण भेटिएको चैत्य हो । दोलखाका प्रसिद्ध शासक जयनारायण देवले ने स ६६९ ( वि१६०६ ) मा निर्माण गर्न लगाएका हुन् । चैत्यमा छत्राकारको सुनको गजुर रहेको छ । राजपरिवार र भारदारहरुले चढाएको ९ वटा चक्रावली लहरै रहेको छ । अक्षेभ्य आदि विभिन्न मुद्राका बुद्धका मुर्ती चारैतिर रहेको छ भने उत्तरतिर बुद्धमुर्तीमा सप्तफणी नाग पनि दर्शाएको छ । यस क्षेत्र वरी परी विहारछें टोल रहेकोले पहिला बौद्ध विहारहरु पनि थियो होला भन्न सकिन्छ ।

बज्रयोगीनी जोगीनी देउ : प्राचिनकालमा अत्यन्त राम्रो चैत्य थियो भन्ने किम्वदन्ती छ । हाल मन्दिर पनि छैन एक साने बौद्ध चैत्य छ । वेतालमाथी बसेको पात्र र खड्ग लिएका माहाकालका खण्डित मुर्ती छ ।

आर्यवलोकितेश्वर मच्छीन्द्र नाथ : बौद्ध मार्गीहरुले आर्थवलोकितेश्वरको रुपमा गरीने मन्छीन्द्र नाथ रथ बनाएर तानीने गरीन्छ । यस्को स्थापना कहिले भयो भन्ने एतिहासिक प्रमाण केही छैन । तर ७०१ नs(१६३८ विस) ओमबहालका भीक्ष्ाहरुले चढाएको सुनको प्रभा हृदयफुलमा सम्वंत अंकित छ ।

6 comments:

  1. यो पढिसकेपछि चाँहि, दोलखा लाई बौद्ध चैत्य को जिल्ला भनौँ कि जस्तो पो लाग्यो त । दोलखालाई यी कुराहरुले कत्ति को चिनाएको छ ?

    ReplyDelete
  2. साँच्चै धेरै नै गुम्बा र चैत्यको जिल्ला रहेछ दोलखा ॥

    ReplyDelete
  3. Thank you Badrijee for the information.

    ReplyDelete
  4. badrijee,
    Wonderful post. Ekdam ramailo lagyo, padhda kheri.

    ReplyDelete
  5. Dear all
    Thank you very much for your comments ..

    ReplyDelete
  6. Thanks Badrihee for a well composed post! liked it.

    ReplyDelete