Tuesday, October 14, 2008

थामी जातीमा मरे पछी बिहे

मरेपछी पनि बिहे हुन्छ र? भनेर जो कोही पनि चकित हुनसक्छ / तर दोलखा जिल्लामा अबस्थित थामी जातिमा मरेपछी विवाह गर्ने चलन परम्परादेखी चलीआएको छ / जीवित सम्पादाको रुपमा रहेका थामी जाती आफ्नै परम्परा र सस्कृति अगालेका छन / थामी जातिका मानिसको मरिसकेपछी विवाह गर्नु सामाजिक परम्परा हो / थामी जातिमा आफ्नो बाबु तथा पुस्तामा कसैले विवाह नगरी मरेका रहेछन भने उनिहरुको छोरा नातिले विवाह गरिदिनु पर्ने परम्परा रहेको छ / कसैले बिहे गर्न लागेको छ भने आफ्नो पुस्ताको विवाह भएको छ, छैन हेरेर यदी छैन भने विवाह गरिदिएपछी मात्र आफ्नो विवाह गर्न पाउने सामाजिक मान्यता छ / यदी आफ्नो पुस्तामध्ये कसैको विवाह भएको छैन भने अर्को पुस्ताले विवाह गर्न मिल्दैन /
आफ्नो मृत्‍यु भएका बाबुआमाको विवाह गरेपछी मात्र आफ्नो विवाह गरेको उदाहरण धेरै छन / थामी जातिमा सन्तान जन्मिसकेपछी विवाह गर्नु कुनै अनौठो होइन तर मृत्‍यु भएपछी विवाह गर्नु अनौठो नै हुन्छ / मृत्‍यु भएका आफ्ना पुस्ताका विवाह सस्कार बारे आलम्पु स्थित स्थानिय थामीहरु भन्छन दुई वटा केराको थामलाई सिगारेर बाबु आमा मानी पुरेत बोलाई धुमधाम सँग विवाह गरिन्छ र आफ्ना माइती, मावली र नातागोता सबैलाई भोज खुवाइन्छ / विवाहको समाप्ती पछी दुबै केराको थामलाई बिधिपूर्बक खोलामा लगेर सेलाइन्छ /
थामी पुरेतहरुका अनुसार बाबु आमा मध्ये एक जना मरेको भए एउटा मात्र केराको थामलाई सिगार्ने चलन छ / आमा मात्र भएमा माटोको आर्कुन राखेर थामलाई सिगारिन्छ र त्यस्लाई बाबु मानी विवाह गरिदिने तथा बाबु मात्र भयमा कांचको अंखरा राखेर थामलाई सिगारिन्छ र त्यसैलाई आमा मानी विवाह गरिदिने चलन छ / मरेपछी पनि विवाह गर्नुमा थामी जातिको आफ्नो बाध्यता र परम्परा रहेको छ / थामी जातिमा सानै उमेरमा विवाह हुने चलन पनि थियो / कुरा पर्वका गर्ने चलन छ र कुरा पर्वको हुने बित्तिकै केटिलाई केटाको घरमा लगेर राख्न पाउने चलन पनि छ / त्यसकारण कसैले तत्कालाई विवाह पनि गर्छन् र कसैले तत्काल विवाह गर्न नसके ५ / ६ वटा वच्चा भएपछी पनि विवाह गर्छन् /
थामी जातिमा आर्थिक समस्याको कारण नै बाचुन्जेल कती जोडीले विवाह नगरेको हुनसक्छ / आफ्नै परम्परा र सस्क्रिती अगालेर वाचेका थामी जाती नेपाल भरी करिब २५ हजारको जनसख्यामा छन / दोलखामा मात्रै दुई हजार ३४ घर धुरीमा सात हजार पुरुष र सात हजार २८ महिला छन / दोलखा बाहेक थामी जाती सिन्धुपाल्चोक, रामेछाप, सुनसरी, उदयपुर, खोटाङ, भोजपूर, सिन्धुली, ईलाम, झापा र मोरङ जिल्लाहरुमा पनि रहेका छन /

2 comments:

  1. यो चाँहि मलाई बडो अचम्म नै लाग्यो है !

    "थामी जातिमा सन्तान जन्मिसकेपछी विवाह गर्नु कुनै अनौठो होइन तर मृत्‍यु भएपछी विवाह गर्नु अनौठो नै हुन्छ"

    कस्तो अचम्मको पोको खोलिदिनु'भो है !

    ReplyDelete
  2. साह्रै अचम्म लाग्यो हौ मलाई पनि !!!!!

    ReplyDelete