Friday, August 1, 2008

गाउँहरु हास्न छोडेपछी

-By Bishnu Subedi-
अचेल गाउँहरु हास्न छोडेका
छन गाउँहरु हास्न छोडे पछी
को पो निर्धक्क हास्न सक्छ र ?

गाउँको मुटुपारी डाँडा थुम्कोमा
बन्धुकको घोडा चडेर ..........
मृत्‍युहरु टुक्रन्छन
हेर्दा हेर्दै
क्षण भरमा सिङो बस्ती खरानी बन्छ
गाउँलेहरु खरानीको थुप्रो मा आफन्तहरु को
अनुहार खोज्छन

गलेर पानी भइसकेको मन
आँखाबाट बग्न थाल्छ र
बगाउछ भर्खरै भिजेको माटो
गाउँलेहरुको बेहालमा
गाउँलेहरुको क्रन्दनमा
शहरले एक दर्जन विज्ञप्ती पठाउछ
एकदर्जन सम्वेदना पठाउछ
तर पठाउदैन ओखती
पठाउदैन कम्बल, पठाउदैन चामल
केबल पठाउछ त शहर खबर
कागजमा बिभत्स फोटाहरु
जुन देखेर
गाउँहरु अर्थात गाउलेहरु
घाउमा नुन छर्किएको अनुभब गर्छन्
पहाडको थुम्कामा
गुरास फुलाएर
आफु भोको बसेर पाहुनाको स्वागत गर्ने
गाउँहरु अर्थात गाउलेहरु
अर्काको दु:खमा आफ्नो सुख लुकाएर
सन्स्कार पाल्ने गाउ
गाउँहरु अर्थात गाउलेहरु
यती बेला,
त्रास, भय, र आतंकको जातोमा पिसिएर
थिलथिलो भएका छन
लर्खराउदै उठ्न खोजे पनि
उठ्न खोजेको आरोपमा लड्न वाध्य छन
हो दाजु
अचेल गाउहरु हास्न छाडेक छन
गाउँहरु हास्न छाडेपछी
कहाँ शहर हास्न सक्छ र ?
कहाँको देश हास्न सक्छ र ?
साँच्चै यस्तो बेला को पो निर्धक्क हास्न सक्छ र ?

No comments:

Post a Comment