Thursday, July 17, 2008

तामाकोसीमा स्वदेशी थप लगानी

स्वदेशी लगानीमै बन्न लागेको माथिल्लो तामाकोसी आयोजना निर्माणका लागि थप ६ अर्ब रुपैया“ जुट्ने भएको छ । वाणिज्य बैंकहरूले संयुक्त रूपमा आयोजना कार्यान्वयनका लागि उक्त रकम उपलब्ध गराउने भएका हुन् ।
त्यससम्बन्धी समझदारीपत्रमा बैंक कन्सोर्टियमका अगुवा र नेपाल विद्युत् प्राधिकरणबीच बुधबार सम्झौता भएको छ । हिमालयन बैंकको अगुवाइमा १० भन्दा बढी बैंकले आयोजनाका लागि कम्तीमा ६ अर्ब रुपैया“ ऋण दिने सम्झौतामा छ ।
'अब ढुक्क भएको छ,' सम्झौतापछि आयोजना बन्ने निश्चित भएको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले भने ।
सम्झौतापत्रमा प्राधिकरणबाट कार्की र बैंकहरूका तर्फाट हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले हस्ताक्षर गरेका हुन् । २७ अर्बको उक्त आयोजनामा कर्मचारी सञ्चय कोषले १२ अर्ब रुपैया“ बराबर ऋण लगानी गर्ने सम्झौता गत माघ १५ गते भइसकेको थियो ।
उत्तरी दोलखामा पर्ने ३ सय ९ मेगावाटको यो आयोजनालाई प्राधिकरणले पर्ूण्ारूपमा स्वदेशी पु“जी जुर्टाई निर्माण गर्न लागेको हो । यति ठूलो आयोजनामा स्वदेशी लगानी हुन लागेको यो पहिलो हो । बैंकिङ क्ष्ँेत्रले यो आयोजना सफल बनाउन सहयोग गर्न पहिल्यैदेखि रुचि राखेको जबराले बताए ।
'आयोजनाबारे थाहा पाएदेखि नै बैंकहरू इच्छुक भएका हुन्,' हस्ताक्षरपछि खुसी ह“ुदै उनले भने- 'बैंकिङ क्षेत्रको चाहना पूरा भएको छ ।' यसले जलस्रोत क्ष्ँेत्रमा लगानी बढाउनका लागि बैंकहरूलाई उत्साहित गर्ने पनि जबराले बताए । आयोजनाको अनुमानित लागत २७ अर्ब ४४ करोड रुपैया“ छ । निर्माण अवधिको ब्याजसहितको लागत अनुमान ४५ करोड ५० लाख अमेरिकी डलर -३१ अर्ब ७८ करोड रुपैया“ं) छ । यो लागत प्रतिअमेरिकी डलर ७० रुपैया“को दरमा हो । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर पु“जीबाट जुटाइन लागेको हो । यो कार्यान्वयनका लागि 'माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी' गठन हुनेछ र त्यसमा कम्पनीको ५१ प्रतिशत सेयर हुनेछ । त्यसबाहेक कर्मचारी सञ्चय कोषमा रकम जम्मा रहेका सञ्चयकर्ताको २० प्रतिशत, र्सवसाधारणको १०, कम्पनी र प्रँधिकरणका कर्मचारीको ६, दोलखाका स्थानीय बासिन्दाको १० र कोषका कर्मचारीलगायत परियोजनामा कर्जा प्रवाह गर्ने वित्तीय संस्थाका कर्मचारीहरूको ३ प्रतिशत सेयर हुनेछ । आयोजनालाई कम्पनीले १९ अर्ब ऋण जुटाउनेछ ।
ऋण अवधि १५ वर्षो र वाषिर्क ब्याजदर साढे आठ प्रतिशत हुनेछ ।
हालसम्म अध्ययन भएकामध्ये माथिल्लो तामाकोसी सबैभन्दा सस्तो आयोजना हो । यसको प्रतियुनिट उत्पादन लागत १ रुपैया“ १२ पैसा पर्ने अध्ययनले देखाएको छ । यसको प्रस्तावित संरचना देशकै ठूलो कालीगण्डकी 'ए' कोभन्दा आधा निर्माण गरे पुग्ने भएकाले सस्तो भएको हो ।
कोष, वाणिज्य बैंकहरूको समूहबाहेक नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थानले पनि आयोजनामा लगानी गर्ने तयारी गरिरहेका छन् । लामाबगर गाविसमा पर्ने यो आयोजनाबाट वाषिर्क १ अर्ब ७४ करोड युनिट विद्युत् ऊर्जा उत्पादन हुनेछ ।

Source: http://www.nepaljapan.com/read.php?section=headlines&id=13855

No comments:

Post a Comment