Thursday, June 26, 2008

ठाडो भिरमा काठे बाटो


यो दोलखा जिल्लाको लामाबगर, रोल्वालिङ र गौरिशंकर हिमाल जाने बाटोको गोङ्गर गाउ नजिकै को फोटो हो/ गोङ्गर भन्ने ठाउँ म यसरी ठाडो भिरमा काठले बनाएको पुल जस्तो बाटो हो/ यो बाटो बाट तल खस्यो भने सिधै तामाकोशी नदी मा खस्छ/ यस्तो कष्ठकर बाटो हिंड्न यहाँका बासिन्दा हरु मात्रै नभएर सयौ पर्यटक हरु पनि वाध्य छन / दैनिक सयौ पर्यटकहरु र स्थानिय बसिन्दा हरु ओहोर दोहोर हुने यस बाटो धेरै बर्ष पहिले पनि यस्तै थियो र अहिले पनि यस्तै छ/ देशमा प्रजातन्त्र आएर पनी गणतन्त्र आइसक्यो तर यस बाटोको परिवर्तन र बिकास कहिल्यै भएन, सम्बन्धित निकायहरुको ध्यान यस बाटोमा कहिल्यै परेन, त्यसैले त यस्तो जोखिम बाटो हिंड्न मानिसहरु वाध्य छन /

No comments:

Post a Comment