Friday, June 6, 2008

एक गजल

by-Babu Karki Udas, Dolakha

उद्ग्घाटन भन्दा पनि भ्रस्टचारमा नाम आयो त्येसैले त

अख्तियार को बडालामो खाम आयो !!


सबै कुरा ठिकै थियो केबल भुँडी बढेको

हो सुत्केरिको भत्ता खादा अती धेरै दाम आयो !!


गाउँमा खाएको आटो पिठो बिर्सिएर होला कतै एका बिहान

हजुरको मा पाउरोटी र जाम आयो !!


मध्य रातमा अख्तियारले छापा मार्दा मार्दै गर्दा कसो गरी त्यो

मुखमा हरे राम राम आयो !!


रिझाउन लाई कती सक्या साला साली नाता गोता जेलबाट

छुटाउन पनि कत्रो बिध्न लाम आयो !!

2 comments:

  1. गजल ले दह्रो दनक दियो नि त है !

    ReplyDelete
  2. साह्रै गतिलो झापड दियो गजलले!
    'उदास'जीलाई धन्यबाद! यहाँ टाँसिदिनुभएकोमा बद्रीजीलाई पनि धन्यबाद!

    ReplyDelete