Thursday, June 5, 2008

चीनको भूकम्पको शिक्षा

चीनको सि“चुवान प्रान्तमा १२ मे सोमबार ७.८ रिक्टर स्केलको भूकम्प गयो । ७० हजार जनाको निधन भयो । भूकम्प चीरकालदेखि यो भेगमा यस्तो घटना हुने गरेको पाइन्छ । लिखित दस्तावेजको आधारमा सबभन्दा पहिले इस्वी सन् १२५६ मा ठूलो भूकम्प आएको थियो र त्यसमा राजा अभयमल्लको निधन भएको मानिएको छ । राजाको यस्तो हालत भयो भने रङ्कको के अवस्था भयो होला, सजिलै अनुमान गर्न सकिन्छ ।
त्यसैगरी सन् १३४४ मा पनि भूकम्पबाट तत्कालीन राजा अरिमल्लदेवको निधन भएको मानिएको छ । त्यसपछि सन् १४०८, १६८१, १८१०, १८३३, १८६६, १९३४, १९९० सालमा ठूला भूकम्प आएका थिए । १९३४ मा आएको भूकम्पमा ८,५२१ जनाको निधन भएको थियो । यसरी नेपालमा ७५ देखि १०० वर्षा ठूलो भूकम्प जाने र ५० वर्षा
मध्यम खालको भूकम्प जाने गरेको देखिएको छ ।
सन् १९३४ पछि १९८८ मा उदयपुर केन्द्र भई गएको मध्यम खालको भूकम्पले यसलाई सत्य सावित गरिसकेको छ । ९० सालको जस्तै ठूलो भूकम्प आउन सक्ने र यसमा काठमाडौं उपत्यकामा मात्रै ४० हजारको निधन हुने अनुमान गरिएको छ । पा“च वर्षपहिले पाकिस्तानको भूकम्प र अहिलेको चीनको भूकम्पले यसको सम्भावना बढाएको छ ।
हामीले निर्माण गरेका भवन तथा पर्ूवाधार भूकम्प प्रतिरोधक प्रविधिको अनुसरण गरी निर्माण गरे क्षति कम हुन्छ । उदाहरणका लागि अमेरिकाको सियाटल सहरमा आएको भूकम्पमा एकजना वरिष्ठ नागरिकको हृदयाघात भएर निधन भएको थियो भने त्यत्रै भूकम्पमा भारतको गुजरातमा २० हजार जनाको अवसान भयो । सिटलमा भवन निर्माण स्तरीय रूपले हुनु र भारतमा नहुनुले यस्तो हुनगएको हो । यसबाट के प्रस्ट हुन्छ भने भूकम्पले मानिसलाई मार्ने होइन, बरु हामीले निर्माण गरेका संरचना निर्बल तथा दर्ुबल भएर यस्तो हुने हो ।
नेपालमा भूकम्पपछि हिमालय तथा पहाडी भेगमा बढी प्रभाव पर्छ, किनभने यस भेगमा बढी ढुङ्गाका घर निर्माण गरिएका छन् । जुम्लाका पुराना घरबाहेक अधिकांश यी घर भूकम्प प्रतिरोधक प्रविधिको उपयोग नगरी बनाइएको छ । त्यसले गर्दा यिनीहरू हठात लड्ने र मानिसको ज्यान जानसक्छ ।
नया“ भवन भूकम्प प्रतिरोधक प्रविधिको प्रयोग गरी निर्माण गर्नर्ुपर्ने र विद्यमान भवनलाई प्रबलीकरण गर्नर्ुपर्ने हुन्छ । यसका लागि भवन निर्माणसंहिता पालनामा जोड दिनर्ुपर्छ । यो काम ललितपुर उप- महानगरपालिकाले पहिले सुरु गरेको थियो भने हाल अन्य केही नगरपालिकामा पनि हुदैछ । भवनसंहिता लागू गरिए पनि यसको अनुगमन प्रबल नभएकाले यसको प्रभावकारितामा प्रश्नचिह्न लागेको छ ।
भूकम्प प्रतिरोधक भवन निर्माण गर्न झन्डै १५ देखि २० प्रतिशत बढी खर्च लाग्छ । तर एकल निर्माणको साटो सामूहिक निर्माण गरेको खण्डमा यति धेरै पैसा लाग्दैन । किनभने एकै ठेकेदारलाई समूहले काम लगायो भने १० प्रतिशतजति श्रमबाट र अर्काे ५ प्रतिशत निर्माण सामग्रीको सदुपयोगबाट बचाउन सकिन्छ । प्रबलीकरण गर्दा भवन निर्माण गरेको ३० प्रतिशतजति खर्च लाग्ने देखिन्छ । यसम्ँँ पनि सामूहिक निर्माण गरेको खण्डमा कम खर्च लाग्छ । विशेष गरेर ढुङ्गाका भवनलाई बा“स र ग्याबन तारको प्रयोग गरेर थोरै पैसामा प्रबलीकरण गर्न सकिन्छ । त्यसैगरी असनजस्ता सहरी केन्द्रमा निवासीहरूको उपभोक्ता समिति बनाएर पुनःनिर्माण गरे भूकम्प प्रतिरोधकमात्र होइन, पहिचानपर्ूण्ा परिसरमा रूपान्तर गर्न सकिने र खर्च लाग्नु त कता हो कता उल्टै नाफा हुनसक्ने सम्भावनालाई केही अध्ययनले दर्शाएका छन् । झन्डै-झन्डै यस्तै काम सफलतासाथ भारतको मुर्म्बईस्थित दक्षिण एसियाकै सबभन्दा ठूलो धारवी सुकुम्बासी बस्तीमा गरि“दैछ ।
भवन भूकम्प प्रतिरोधकमात्र भएर हु“दैन । सन् १९९५ को कोबे, जापानमा भवन निर्माण स्तरीय हु“दाहु“दै पनि भूकम्पले गर्दा ५ हजार जनाको निधन, ३० हजार जना घाइते तथा ३ लाख घरबारविहीन भएका थिए । त्यसकारण भूकम्पको भविष्यवाणी गर्नसके नोक्सान कम हुन जान्छ । चीनको हाइचेङमा भूकम्प गएको खण्डमा ९० हजार जनाको निधन हुनसक्ने भविष्यवाणी गरिएको थियो । तदनुरूप सन् १९७५ फेब्रुअरीमा गएको भूकम्पमा २ हजार जनाको मात्र मरण भयो । जनावरको व्यवहारको अवलोकन गर्नुका साथै वैज्ञानिक विश्लेषण गरेर उक्त भविष्यवाणी गरिएको थियो ।
यसपाली सि“चुवानमा सोमबार भूकम्प आउनुभन्दा पहिल्यै बिहीबार हजारौं भ्यागुता सडकमा निक्लेको देखिएको थियो । भूकम्पविद चेनले ऐतिहासिक अध्ययन तथा जनावरको व्यवहारका आधारमा भूकम्प आउनसक्ने आशयको लेख पनि छपाएका थिए, तर कसैको ध्यान त्यसतर्फआकृष्ट भएन । भूकम्प आउनुअघि पृथ्वीको भित्री तहमा तापक्रम बढ्ने, रेडनजस्ता अपाच्य वायुहरूको उर्त्र्सजन हुने र भूकम्प आउनुभन्दा पहिले आउने सूक्ष्म कम्पनबारे थाहा हुने भएकाले जनावरहरू र विशेष गरेर जमिनमुनि बस्ने जनावरले विशेष खालको पर््रदर्शन गर्ने गरेको देखिएको छ ।
नेपालमा पनि र्सप प्रयोग गरेर भूकम्पको भविष्यवाणी गर्ने अवधारणाको विकास गरिएको छ । यस अनुरूप दिनमा निस्कने १५ वटा धावनजस्ता र्सपलाई ३ रोपनी क्षेत्रफलको दिवा प्राङ्गणमा र रातमा निस्कने करेतजस्ता १५ र्सप ३ रोपनीको रात्रि प्राङ्गणमा राखिने प्रस्ताव गरिएको छ । बीचमा १ रोपनीमा दर्ुइजना सपेरासहितको कर्मचारी टोली रहने कार्यालय भवनको परिकल्पना गरिएको छ । यस्ता प्राङ्गण नेपालगन्ज, भैरहवा, वीरगन्ज, काडमाडौंको खुमलटार, जनकपुरको जदुकुवा, धराननेरको तरहरामा स्थापना गर्ने सुझाव दिइएको छ । भदौदेखि फागुनसम्म र्सप
भूमिगत हुने र योबीच र्सप बाहिर निक्लिएर मरेमा ठूलो भूकम्प जानसक्ने सम्भावना रहन्छ ।
चीनमा गरिएको अध्ययनमा जाडोको समयमा गएको भूकम्पमा भूकम्प आउनुभन्दा दर्ुइ महिनाअघि र्सप निक्लेर मरेको उल्लेख छ । जाडोमा गएको ९० साल भूकम्पबारे लेखिएको एक सवाईमा पनि र्सप निक्लेर मरेको उल्लेख पाइन्छ । फागुनपछि र्सप भूमिगत नरहने भएकाले रात्रि प्राङ्गणमा दिनमा र्सप निस्किएर भित्र गएनन् र दिवा प्राङ्गणमा राति र्सप भित्र गएनन् भने भूकम्प आउने सम्भावना हुन्छ ।
यस्तो परिदृश्य नेपालगन्जदेखि तरहरासम्मका सबै प्राङ्गणमा देखियो भने पूरै देशमा भूकम्प आउने र पर्ूव तथा पश्चिममध्ये एक भूभागका प्राङ्गणमा यस्तो दृश्य देखियो भने त्यसै अनुरूपका स्थानमा भूकम्प जाने सम्भावना हुन्छ । ३० र्सपको विष व्यापारबाट हरेक वर्ष३० लाख रुपैया“ आउने र प्राङ्गण सञ्चालन गर्न १५ लाख रुपैया“ लाग्ने देखिएको छ । एक ग्राम विषबाट १ लाख ५० हजार रुपैया“ प्राप्त हुन्छ र एक र्सपबाट हरेक हप्ता १०० मिल्रि्राम विष झिक्न सकिन्छ । प्राङ्गण बनाउन ३० लाख रुपैया“ लाग्ने र उक्त खर्च दर्ुइ वर्षा नै उपर हुने देखिएको छ । भ्यागुतालाई पनि भविष्यवाणीको लागि प्रयोग गर्न सकिने हो । यसबाट र्सपको विषबाट जस्तो फाइदा भने हुदैन । यो प्रस्ताव ३ वर्षघि गरे पनि यसको कार्यान्वयन हुनसकेको छैन ।
नेपालमा तीन कार्य आवश्यक छन् पर्ूवचेतावनी प्रणालीको विकास । नया“ भवनलाई भूकम्प प्रतिरोधक प्रविधि प्रयोगद्धारा निर्माण र विद्यमान भवनको प्रबलीकरण गरिनर्ुपर्छ । सहरका केन्द्रलाई पनि भूकम्प प्रतिरोधक परिसरमा रूपान्तरण गरिनर्ुपर्छ ।
लेखक, विपद अध्ययन
केन्द्र, इन्जिनियरिङ अध्ययन
संस्थानका निर्देशक हुन् ।
Source: Kantiouronline.com

No comments:

Post a Comment