Friday, May 2, 2008

हाकिम साहेब भन्दा त पियेन दाइ नै राम्रो

- Bishnu Subedi (Bhimeshwor MC-3, Dolakha)

हाकिम साहेब भन्दा त पियेन दाइ राम्रो
कम्तिमा पियेन दाइले बसौ हजूर त भन्छन,
गजधुम्म आकाश झै हाकिम साहेब
सुन्निएको बिरामी जस्तो
चुपचाप चुपचाप मनमा कुरा खेलाएर
आफ्नै धुनमा मस्त रहन्छन ,
पियन दाइ यसो मर्का बुझेर
केही थियो कि हजुर ? भन्छन
बस्नलाई बेन्ची त दिन्छन
हाकिम साहेब भन्दा त
पियन दाइ कता कता को जाती
हाकिमको भन्दा पियन दाई कै ठुलो छाती ,

काम अनुसारको फाइलहरु
हाकिमका टेबलमा हाकिमलाई नै हेरिरहन्छन ,
हाकिम साहेबका मन टेबलका फाइल नभएर
ग्राहकको खोजी मा र
अघाडी उभिएको निरिह मान्छेको गोजिमा दौडिरहन्छ
कस्तो नाटकि हुन्छन हाकिम साहेब पनि

सबै प्रकृया पुगेर पनि
एकै थोक कमी भो भन्छन
झर्को फर्को गर्छन् , आँखा तर्छन
र फाइल हुत्याउछन
फाइल भित्र नथी नगरिएका
कागजपत्र हरुको थाक
पहिरो गये झै छर्पस्ट हुन्छन
पियन दाइ छर्पस्ट कागजपत्र हरु
एक एक सम्हाल्दै टेबल मै राख्छान
हाकिम साहेब भन्दा त पियन दाइ राम्रा
हाकिम साहेब भन्दा त पियन दाई राम्रा

पियन दाइ दिनभरी
चिया ल्याउछन खाजा खुवाउछन
फोहर बढार्छन
दिनभरी कार्यालय रेखदेख गर्छन्
घरमा सबै भातभुङ
परिवार सबै लथालिङ
जहान छोरा छोरी, रोग भोग र शोक
सबै बिर्सिएर
पियन दाइ सबैलाई हसिलो मुद्रामा
नमस्कार त गर्छन्
कसो कसो हाकिम साहेब भन्दा त
पियन दाइ नै असल
पियन दाइ नै महान
पियन दाइ नै सेबक
किनकी ,पियन दाइ हाकिम साहेब जस्तो
स्वार्थी त छैनन
महत्वकान्क्षी त छैनन
हाकिम साहेब भन्दा त पियन दाइ राम्रो
कम्तिमा पियन दाइले के छ त सोध्छन
बसौ न हजुर त भन्छन
पियन दाइ हाकिम साहेबको जस्ता
भोली भोली त भन्दैनन
पियन दाइ हाकिम साहेब जस्तो मान्छेलाई पशु त गन्दैनन /

8 comments:

  1. हाकिम साहेब भन्दा त पियेन दाइ नै राम्रो ! यस्तै छ,यहाँ को तितो यथार्थ !

    ReplyDelete
  2. हाकिम साहेब भन्दा त पियेन दाइ नै राम्रो ! यस्तै छ,यहाँ को तितो यथार्थ !

    ReplyDelete
  3. हाकिम साहेब भन्दा त पियेन दाइ नै राम्रो ! यस्तै छ,यहाँ को तितो यथार्थ !

    ReplyDelete
  4. हाकिम साहेब भन्दा त पियेन दाइ नै राम्रो ! यस्तै छ,यहाँ को तितो यथार्थ !

    ReplyDelete
  5. Thank you Aakar jee and Basanta jee

    ReplyDelete
  6. hi badri dada malai bishnu uncle ko sabai poem maan par6.yo poem bidua bhaujuharuko desh bata liyako hoina ta? and aba auna lagako uha ko arko book 'BUDO MAJHI'ko poem yo aja ramro 6.
    karuna shiwakoti

    ReplyDelete
  7. Yes Karuna jee, malai pani Bushnu jee ko kawita haru yekdamai raamro lagchha.
    Hope to read Budo Majhi!
    and thank u for your comment.

    ReplyDelete