













Posted by
Badri Shrestha
at
5:55 PM
1 comments
Links to this post
काठमाडौं उपत्यकापछि मन्दिरै मन्दिरको बस्ती भएको सहर हो दोलखा । दोलखामा सार्वजनिक मन्दिरको साथै निजी कुलायन मन्दिर नभएको परिवार छैनन् । प्रत्येक वंश परिवारमा सुन चाँदीका मूर्तिहरू गहनाहरू भएकोले नै दोलखा वासीहरूलाई दुई लाखे भनिन थालियो र दुई लाखे भन्दा भन्दै अपभ्रंस भई दोलखा हुन गएको र पछि गएर जिल्लाको नाम नै दोलखा भएको भन्ने आख्यान छ । दोलखाका सार्वजनिक मन्दिर तथा व्यक्तिगत निजी मन्दिर कुलस्थानको मूर्तिहरू २०३७ सालदेखि बढी मात्रामा चोरी हुन थालेको हो । तर अब ताल्चाले पनि काम गर्न छोडेको छ । दोलखा सहरका सार्वजनिक मन्दिरका चोरी भएको मूर्तिहरू मध्ये २०२९ सालमा आर्या अवलोकितेश्वर करूणामय मच्छिन्द्रनाथको मूर्तिलाई त्यसकोे केही दिनपछि दोलखा बजारको एउटा करेसाबारीमा फालिएको अवस्थामा भेट्टाइएको थियो । त्यस मन्दिरबाट रथयात्राको बेला २०६४ साल वैशाख १५ गते चाँदीको मोहरमाला तथा चाँदीको फूलमाला चोरी भएको पाइएको छ । पछि मोहरमालाको २-३ वटा मोहर बाहेक अन्य खण्डित अवस्थामा फेला पर्यो ।
२०३२ सालमा दोलखाका तत्कालीन राजाहरूको कुलस्थान मन्दिर मानिएको राजकुलेश्वर तलेजु भवानीको मन्दिरमा राखिएको करिब ६ फिट अग्लो चार हात भएको सुनको जलप भएको खदिलो भगवतीको मूर्ति चोरी भएको थियो । त्यसपछि त्यसको सट्टामा तामाको भगवतीको मूर्ति राखियो सो पनि २०४२ सालमा चोरी भएको थियो । त्यसपछि पनि ढलौटको सानो भगवतीको मूर्ति राखिएको थियो । सो पनि २०६४ सालको कोजाग्रत पूणिर्माको दिन चोरी भयो ।
त्यसैगरी २०४२ साल असोज २२ गते त्रिपुरा सुन्दरी मन्दिरको मूल कोठाको ठीक तलको कोठामा रहेको बटुक भैरवको आमा मानिएको देवीको खदिलो ढलौटको मूर्ति चोरी भयो । सो मूर्ति करिब दुई फुट अग्लो र ३०-३५ धार्नीको रहेको अनुमान छ । सो मूर्ति चोरी भएपछि २०६२ असोजमा मन्दिर जीर्णोद्धारको क्रममा ढुङ्गा करिब २०० किलोग्रामका देवीको मूर्ति पुनः स्थापना गरिएको छ । यसैस्थानमा २००२ साल स्थापना गरिएको कालीमाताको ढलोटको मूर्ति पनि फेरि चोरी भएको छ ।
२०५९ साल आषाढ २६ गते भीमेश्वर मन्दिरको मूल ढोकामाथि राखिएको तोरणको मध्ये भागमा रहेको भीमसेनको मूर्ति पनि चोरी भएको छ । सुरक्षाको लागि भीमसेन मन्दिरको चारैतिर फलामे छडका् अग्लो वार लगाइए पनि चोरी भएको छ । सुरक्षाको लागि भीमसेन मन्दिरको चारैतिर फलामे छडको अग्लो वार लगाइए पनि चोरले उत्तरपट्टकिो समीको रूखबाट तल झरी लगेको भन्ने भनाइ छ । त्यस्तै यहींका हरिसिद्धिको मूर्ति कहिले चोरी भयो कसैलाई थाहा भएन । राइती -राजहिटी) तीनधाराको ढुङ्गाको शिवलिङ्ग र २०६३ सालमा ढुङ्गाको नारायण मूर्ति पनि चोरी भएको छ ।
भीमेश्वर न.पा २ डोकछे टोल निवासी श्रेष्ठ परिवारहरूको कुलस्थानको झुमा देवी -मावलीबाट दाइजो प्राप्त देवी) मूलदेवी, र भैरव -हाँथो) मूर्ति २०३०।३१ सालतिरै चोरी भइसकेको छ । त्यस्तै भीमेश्वर नजिकै नकछें प्रधान परिवारको कुलस्थान ने.स. ६९५ वि.सं. १६३० मा दोलखाका राजा वासुदेवले काशीबाट ल्याई अलग मन्दिर बनाई स्थापना गरेको विभिन्न देवी देवताका मूर्तिहरूमध्ये २०३७ आषाढ १६ गते भगवतीको मूर्ति राजाको मूर्ति, नारायणका ढलौट मूर्तिहरू, मझौला भैरव मूर्तिहरू चोरी भएको थियो । २०४८ कार्तिकमा भगवतीदेवी मूर्ति ढुङ्गाको सूर्य मूर्ति, कालो शालीग्राम दुई वटा सेतो स्फटिकको शिवलिङ्ग पनि तथा हस्त लिखितदेवी ग्रन्थ समेत चोरी भएको तथ्याङ्क छ । त्यसैगरी २०५० फागुन २२ गते तामामा सुनको मोलम्बा गरिएको करिब दुई फुट उचाइ १.५ फुट चौडाई भएको भैरवको २ थान मूर्ति पनि चोरी भएको यसैगरी २०६४ कार्तिकमा तीन तहको आशनमा जडान गरिएको साना करिब ३० वटा मूर्तिहरू चोरी भएको छ ।
भीमेश्वर न.पा.२ डोकलूंगा जोशी परिवारका कुलस्थानका मूर्तिहरू पनि २०४८/०४९ सालतिर चोरी भएको थियो । पाप गर्दा भीमेश्वर न.पा.३ परान्छे टोलका श्रेष्ठ परिवारहरूको कुलस्थानका मूर्तिहरू पनि २०६०/०६१ सालतिर चोरी भएको थियो । त्यस्तै शिम्मु -स्वयम्वु) टोल निवासी -बज्राचार्य) तुलाधरहरूको कुलस्थानका बुद्धका तथा अन्य देवीदेवता मूतिहरु २०६३ कात्तिक २२ गते, ट्वाल्चा टोलका श्रेष्ठ परिवारको कुलस्थानको मूर्तिहरू २०६५ असार १० गते र वगस्छे टोलका श्रेष्ठ परिवारहरूको कुलस्थानको मूर्तिहरू २०६५ कात्तिक ७ गते चोरी भएको थियो । त्यस्तै कोछेटोल निवासी श्रेष्ठ परिवारका कोठामा राखिएको करिब २.५ फुट अग्लो ताराको मूर्ति २०६५ माघमा चोरी भयो । २०६४ को वडा दसैंको अष्टमीको दिन भी.न.पा.स्थित गणेशमा चढाइएको तामाको मुकुट २०६५ फागुनमा चोरी भयो । सोही गणेश मन्दिरमा धेरै पहिले जडान गरिएको फुलमाला आकारको तोरणको माथिल्लो भागमा जडान गरिएको करिब तीन इन्च अग्लो ढलौटको गणेश मूर्ति २०६६ वैशाख ८ गते चोरी भयो ।
चोरी भएकामध्ये हालसम्म मच्छिन्द्रनाथको मूर्तिबाहेक अन्य कुनै पनि मूर्तिहरू फेलापरेका छैन । फेलापरेका मूर्ति पनि कसैले खोज तलास गरेर फेला परेको होइन वा बाह्रविसे पुगेर आफैँ फर्केर आएको अर्थात् दोलखा बजारमा ल्याई फालिएको अवस्थामा फेला परेको भन्ने भनाइ छ ।
कसका घरका कुन मन्दिरमा कस्ता कस्ता मूर्तिहरू छन् भन्ने सम्बन्धित व्यक्ति र स्थानीय व्यक्तिहरूलाई थाहा हुन्छ । मूर्ति चोर्न सम्बन्धित व्यक्ति तथा स्थानीय व्यक्तिहरुलाई हात नलिई बाहिरकाले सोझै चोर्न सक्तैन । चोरी भएका मूर्ति सम्बन्धमा सम्बन्धित निकायमा जाहेरी दिएमा र सम्बन्धित निकायले पनि दतारुकताका साथ खोजी गरेमा पत्ता नलाग्ने कुरो पनि थिएन । सम्बन्धित व्यक्तिले समयमा जाहेरी पनि नदिने र सम्बन्धित निकायले पनि त्यति चासो नदेखाउनाले नै मूर्ति चोरीको घटना बढिरहेको छ । साना साना मूुर्तिहरू त झोलामा हालेर पनि लगे होलान्, खल्तीमा हालेर पनि लगे होलान् । तर ठूला-ठूला मूर्तिहरू जस्ता त्रिपुरासुन्दरी मन्दिरको ढलौटको ठूलो मूर्ति, कोर्छे टोलका तारा मूति, नकछे प्रधान परिवारका भैरव मूर्तिहरू कसरी लगे होलान् सम्झादा पनि आपत्ती लाग्छ ।
त्यसैले यस्तो मूर्ति चोरीका घटनालाई कम गर्न स्थानीय निकाय, नागरिक समाज र स्थानीय व्यक्ति नै सतर्क हुनुपर्ने देखिन्छ ।
प्रकाशित लेख -विचार/विवेचना: http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=18775&cat_id=18
Posted by
Badri Shrestha
at
1:20 PM
1 comments
Links to this post
Schematic figure of overall view of Kamenose area where landslide works have been done
Schematic figure of construction of pile works
Landslide displacement measurement with pile works
Yamato River
Posted by
Badri Shrestha
at
3:28 PM
0
comments
Links to this post



Photographs of Hipa Thami Festival 2009-09-28
Posted by
Badri Shrestha
at
12:48 PM
0
comments
Links to this post
Posted by
Badri Shrestha
at
4:29 PM
0
comments